विमान दुर्घटना: सबै शव पोस्मार्टमका लागि त्रिवि शिक्षण पुर्याइयो
काठमाडाैं | जेठ १७, २०७९
काठमाडौं: तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप २२ जनाको शव त्रिव शिक्षण अस्पतालमा लगिएको छ । यस अघि १० जनाको शव शोमबार बेलुकी काठमाडौं लगिएको थियो ।
आज (मंगलबार) बाँकी रहेका १२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ ।
तारा एयरका अनुसार पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने छ ।
आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको थियो ।
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल,...

